एशिया कप क्रिकेट: वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने

| 2023 Sep 11 | 12:25 pm 1817

काठमाडाैं, भदाै २५ । वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोर अन्तरगतको भारत र पाकिस्तानबीचको खेल पून: आज हुँदैछ । खेल हिजो रोकिएकै ठाँउबाट हुनेछ ।

पाकिस्तानले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गर्न आएको भारतले राम्रो शुरुवात गरेको थियो । भारतले हिजो २४ ओभर १ बलको खेल सकिदा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । ठिक त्यतिबेला देखि वर्षा शुरु भएको थियो । वर्षाका कारण खेल रोकिन सक्ने सम्भावना भएकाले  भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । रिजर्भ डे मा खेल जहाँ रोकिएको थियो त्यहिबाट अर्को दिन खेलाउने प्रावधान राखिएको छ ।

आज पनि हुन नसकेको खण्डमा  भने खेल रद्द हुनेछ र  दुवै टोलीले एक-एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । यो खेल भारतको सुपर फोरको पहिलो खेल हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.