काठमाडाैं, भदाैं १८ । एशिया कप क्रिकेटमा आज नेपाल र भारतको खेल हुदैछ । खेल श्रीलङ्काको पल्लेकेले अन्तराष्ट्रिय मैदानमा नेपाल समय अनुसार दिउसो ३:१५ मा शुरु हुनेछ ।
ग्रुप ए मा रहेको नेपालले पहिलो खेल पाकिस्तानसँग खेलेको थियो । उक्त खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनको फराकिलो अन्तरले हराएको थियो ।
अन्तिम चारमा स्थान बनाउन आजको खेलमा दुवै टिमलाई जित्नै पर्ने हुन्छ । जुन टिमले जित्छ त्यो अन्तिम चारमा पुग्छ भने हारेको टिम यस प्रतियोगिताबाट बिदा हुनेछ ।
नेपाली टोलीमा रोहित पाैडेल (क्याप्टेन) कुशल भुर्तेल, असिफ शेख, भीम सार्की, कुशल मल्ल, अरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, संदीप लामिछाने, ललित राजवंशी, प्रतिश जिसी, माैसम ढकाल, संदीप जोरा, किशोर महत र अर्जुन साउद रहेका छन् ।
भारतको टोलीमा रोहित शर्मा (क्याप्टेन), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, हार्दिक पांड्या, रविंद्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदिप यादव र प्रशिद्ध कृष्णा रहेका छन् ।