काठमाडौं, भदाै १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंकामा जारी एशिया कपको नेपाल र भारत बीच हुने खेल हेर्न त्यसतर्फ प्रस्थान गरेका छन् । । उनी पत्नी निकिता पौडेल र सहयोगी दीपक बोहरासहित प्रस्थान गरेका हुन् । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका जान लागेका हुन् ।
नेपाल र भारतबीच खेल भोलि ३:१५ मा हुने तालिका रहेको छ । याे समूह चरणको अन्तिम खेल पनि हो । विजेता टीम दोस्रो चरणमा पुग्नेछ ।
दोस्रो चरणमा पुग्नका लागि नेपालले भारतलाई जित्नै पर्ने हुन्छ । बरीयता क्रम अनुसार तेस्रो नम्बरमा रहेको भारतलाई जित्न भने नेपाललाई फलामको च्युरा चपाए सरह मानिएको छ ।
नेपालले पहिलो खेल पाकिस्तानसँग खेलेको थियो त्यसमा नेपालले २ सय ३८ रनको फराकिलो रन अन्तरले हार व्यहोरेको थियो ।