काठमाडाैं, असोज २१ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एशियन गेम्समा रजत पदक जिताउन सफल एरिका गुरुङ्गलाई बधाई दिएका छन् ।
मित्रराष्ट्र चीनमा भैरहेको १३ औं एशियन गेम्समा कराते खेलमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीमा आबद्ध गुरुङले ६८ केजी भन्दा माथीको ताैल समुहमा नेपाली कराते खेल इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गर्दै पहिलो रजत पदक दिलाउन सफल भएकी थिइन् ।
