एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि

रिपोर्ट नेपाल | 2021 Feb 11 | 07:53 am 3137

काठमाडाैं, माघ २९ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । गएराती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपि ग्यासको मुल्य बृद्धि गरेको हो ।

प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । अन्तर्रािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मुल्य क्रमिक रुपमा बृद्धि हुँदै गएको र हाल १ फेब्रुअरी र १६ जनवरीमा ईण्डियन आयल कर्पाेरेशनले पठाएको मुल्य अनुसार निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ र ग्यासमा प्रतिलिटर २५ रुपैयाँ बृद्धि गरी मुल्य समायोजन गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार निगमले खाना पकाउने एलपि ग्यासको मुल्य करिब एक वर्ष पछि पठाएको छ । निगमले खाना पकाउने ग्यासको मुल्य गतवर्ष २० माघमा राती १२ बजे लागु हुने गरी १३ सय ७५ रुपैयाँ कायम गरेको थियो । गएराती १२ बजे देखि ग्यासको प्रतिलिटर २५ रुपैयाँ बढाएर १४ सय रुपैयाँ पर्ने छ ।

यसैगरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएपछि अब पेट्रोलको खुद्रा मुल्य १ सय १२ र डिजेल ९५ रुपैयाँ भएको छ । प्रवक्ता उपाध्यायका अनुसार निगमले पेट्रोलिय पदार्थको मुल्य समायोजन पछि प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ १६ पैसा प्रतिलिटर डिजेल ३ रुपैयाँ ०१ पैसा घाटा हुने भएको छ ।

खाना पकाउने एलपि ग्यासमा प्रति सिलिण्डर २ सय ९५ रुपैयाँ ८३ घाटा रही अर्धमासिमक करिब ७३ करोड ८७ लाख रुपैयाँ घाटा व्यहोर्नु पर्ने प्रवक्ता उपाध्यायले जानकारी दिए । उनले सो घाटा रकम स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.