काठमाडौँ,साउन ९ : बहुचर्चित ३३ किलो सुन प्रकरणको चर्चा सेलाउन नपाउदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ३ किलो ६ सय ८० ग्राम अवैध सुनसहित २ महिला पक्राउ परेका छन् ।
थाइ एयरबाट आएका ती महिलालाई सुराकीको आधारमा चेकजाँच गर्दा त्रिभुवन विमानस्थलमा खटिएका प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चेक जाँचको क्रममा ती महिलाहरुले सुनबेल्ट, मुगासहितको माला र सुनको चाबी बनाएर सुन ल्याएको कुरा विमानस्थलका प्रहरी नायब महानिरीक्षक कमल जिटीले जानकारी गराएका छन् । डिआइजी जिटीका अनुसार उनीहरुले उक्त सुन कसको र कसलाई दिन ल्याएका थिए भन्ने बारे बताएका छैनन् ।
सोही समूहबाट सुन ल्याएका अन्य तीन जनालाई पनि विमानस्थल भन्सारले समातेको छ ।
सोमबार पनि विमानस्थलबाट ३ किलो ३६ ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका समुह र सुनबारे अनुसन्धान गर्दा गिरोह फेरी सक्रिय भएको अनुमान लगाइएको छ ।