बाँके, चैत १८: कोहलपुर नगरपालिका–११ मा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
एम्बुलेन्स चालक बर्दिया नगरपालिका–६ का रामबहादुर थारू भने सामान्य घाइते भएका छन् ।