एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठाेक्किँदा एककाे मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 May 05 | 04:08 pm 1997

कैलाली, बैशाख २३ः एम्बुलेन्स र मोटरसाइकल एक अर्कामा ठोक्‍किँएर दुर्घटना हुँदा पूर्व-पश्चिम महेन्द्र राजमार्गमा एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार ३५ वर्षीय गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटना कैलालीको गौरीगंगा नगरपालिका-९ शंकरपुरमा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ओमसाइ अस्पतालको से १ च १८२८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आइरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्‍किएको प्रहरीले जनाएको छ ।

साेही दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्बर १० का २८ वर्षीय भरत बोहरा भने घाइते भएका छन्। एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका वडा नम्वर १० का ५४ वर्षीय आशाराम चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.