एम्बाप्पेले जिते गोल्डेन बुट

| 2022 Dec 19 | 08:06 am 1809

काठमाडाैं, पुस ४ः फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेसँगै किलियान एम्बाप्पेले गोल्डेन बुट जितेका छन्। समूह ‘डी’मा परेको फ्रान्सका लागि एम्बाप्पेले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध पहिलो गोल गरेका थिए।

समूह चरणको दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरेका एम्बाप्पे तेस्रो खेलमा ट्युनिसियासँग पहिलो रोजाईमा परेका थिएनन्। सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरे पनि एम्बाप्पे गोल गर्न असफल रहे।

अन्तिम १६ मा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पले सर्बियाविरुद्ध दुई गोल गरेका थिए। क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गोल गर्न असफल रहेका एम्बाप्पले सेमिफाइनलमा पनि मोरक्कोको रक्षापंक्ति छिचोल्न सकेनन्।

यद्यपि, एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध फाइनलमा ह्याट्रिक गरे पनि विश्वकपको उपाधि रक्षा गर्न पर्याप्त बनेन। सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जम्र्रनीविरुद्ध फाइनलमा ह्याट्रिक गरेका थिए। ह्याट्रिकसहित एम्बाप्पेले कुल आठ गोल गरे।

फ्रान्सलाई चार वर्षअघि विश्वकप विजेता बनाएका एम्बाप्पेले यो संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गरे। यद्यपि, चोटले पिरोलिएको फ्रान्सले उपाधि रक्षा गर्न सकेन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.