एमाले सांसद कोइरी निलम्बित

| 2023 May 02 | 05:57 pm 837

काठमाडौं, बैशाख १९: नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। सभामुख देवराज घिमिरेले सांसद महतोलाई निलम्बन गरेका हुन्। प्रहरी प्रधान कार्यालयले आइतबार‍ सांसद महतो फरार रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि सभामुखले निलम्बन गरेका हुन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सांसद कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए। थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको उनीमाथि अभियोग लागेको छ।

प्रेमबहादुर बिकले दिएको जाहेरीमा महोत्तरी जिल्ला अदालतले महतोलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशलाई उच्च अदालत जनकपुरले उल्टाएर पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। सांसद महतोले पटक-पटक तारेख गुजार्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.