एमाले मोडमा बस दुर्घटना, तीनकाे मृत्यु सात घाइते

रिपोर्ट नेपाल | 2019 Aug 28 | 08:17 am 1986

जाँजरकोट, भदाै ११ बुधबार जाँजरकाेटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहान ३ बजे ना ४ ख ९३१७ नम्बरको बस हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको पनि प्रहरीले जनाएकाे छ । मृतककाे भने नाम ठेगाना पहिचा हुन बाँकी रहेकाे छ । घटनाका विस्तृत विवरण पूर्णरुपमा आइसकेकाे छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.