एमाले अध्यक्ष ओली घोषणापत्र तयार गर्न लाँकुरी भन्ज्याङमा

रिपोर्ट नेपाल | 2022 Oct 15 | 04:55 pm 1305

काठमाडाैं, असाेज २९ः आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयारीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाँकुरी भन्ज्याङ पुगेका छन्।

शनिबार ललितपुरको द टेरेसेस रिसोर्टमा घोषणापत्र मस्यौदा छलफल गर्न अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत लाँकुरी भन्ज्याङ पुगेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.