एमालेको विजय जुलुस गाडी दुर्घटना हुँदा २६ घाइते

| 2022 May 18 | 05:26 pm 1925

रुपन्देही, जेठ ४ः जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शङ्करपुरमा दुर्घटनामा परेको हो ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने अन्य २० घाइतेको अवस्था मध्यम छ ।

मतगणनास्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको एमालेको जुलुस सिद्धार्थनगर १० को शङ्करपुरमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार विजय जुलुसका सहभागी बोकेर हिंडेको उक्त मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको थियो ।

सिद्धार्थनगर १० बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुर्जमन यादव अहिर विजयी भएका छन् । उनले एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.