एमसीसीविरुद्ध विप्लव समूहको प्रदर्शन

रिपोर्ट नेपाल | 2021 Sep 13 | 01:58 pm 2721

काठमाडौं, भदाै २८ः एमसीसीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा र्‍याली निकालेको छ । अ‍ेमेरिका र नेपाल सरकारबीच सन् २०१७ मा सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि एमसीसी सम्झौता गरेको थियो ।

अमेरिकी सहयोग एमसीसी नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपा विप्लवले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो ।

माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.