काभ्रेपलाञ्चोक, जेठ ९ः जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भिरमा बुधबार बलेरो जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शब एपीएफ टोलीले बिहीबार विहान नदीबाट बाहिर निकालेको छ ।
जीप दुर्घटनामा परी बेपत्ता भएका सोही जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङका २६ बर्षीय अशोक गिरी र २८ बर्षीय भोला महतको खोजी गर्ने क्रममा एपीएफ टोलीले भोला महतको शब फेला पारी नदीबाट बाहिर निकालेको हो ।
दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेपलाञ्चोक र नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिइ खोजी कार्यमा जुटेको थियो ।
दुर्घटनामा बेपत्ता भएका अर्का अशोक गिरीको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको एपीएफ टोली खटिएको छ ।
एपीएफ टोलीद्वारा काठ बरामद
पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ भेडाखोलास्थित जंगलबाट एपीएफ टोलीले करीब २६ क्यूफिट सालको काठ बरामद गरेको छ ।
जंगलबाट कटान गरी पाँच वटा साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायव
निरीक्षक कलेशराज पुरीको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो ।
एपीएफ टोलीले उल्लेखित साइकल समेत बरामद गरेको छ । बरामद काठ तथा साइकल सव–डिभिजन वन कार्यालय सवैयामा बुझाइएको छ ।