एपीएफ टोलीद्वारा २० किलाे सुर्ती तथा लागूऔषधसहित तीन जना पक्राउ

| 2020 Apr 15 | 09:24 pm 1603

काठमाडाैं, बैशाख ३ः पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ५ चमनटोलबाट मंगलबार एपीएफ टोलीले करीव २० किलाे सुर्तीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका ७ विष्णुपुराका २२ वर्षीय मुखतार पठान र २१ वर्षीय शिवराज सुनार रहेका  छन् ।

भारतबाट अवैध रुपले लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई बरामद सुर्तीसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

सप्तरी जिल्लाको बोधेबर्साईन नगरपालिका ९ देउरी स्थित सुवर्णपट्टी ईलाकाबाट मंगलबार टोलीले ३ बोतल डाईलेक्स र ३ पत्ता नाईट्रोभेट
ट्याब्लेटसहित खड्क नगरपालिका ९ का १८ वर्षीय मोहमद आडिजलाई पक्राउ गरेको छ ।

भारतबाट गाईभैसी चराउने बहाना गरी नेपाल प्रवेश गर्दै गरेका आडिजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपट्टीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका आडिजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.