एपीएफ टोलीद्वारा सुर्तीजन्य पदार्थसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 09 | 08:42 pm 1762

कैलाली, जेठ २७ः जिल्लाको टिकापुर नगरपालिका ७ कालकुण्ठा स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ९ का ४४ वर्षीय लालबहादुर दहित र ३० वर्षीय दिनेश डगौरा थारु रहेका छन् ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको दुई सय ५० प्याकेट सुर्तीजन्य पदार्थसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद सुर्तीजन्य पदार्थसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।

एपीएफ टोलीद्वारा शव फेला

बाँके जिल्लाको जानकी गाउँपालिका ३ मानपुर स्थित पोखरीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।

सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १ पिपल चौताराका २२ वर्षीय विष्णु गोडिया उक्त पोखरीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शम्शेरगञ्जबाट खटिएको गोताखोरसहितको एपीएफ टोली उनको शव फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.