एपीएफ टोलीद्वारा सालको काठसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 03 | 06:42 pm 2553

इलाम, पुस १९ः जिल्लाको माङसेबुङ्ग गाउँपालिका २ र ८ को सीमाना स्थित लारुवा भन्ने स्थानबाट आइतबार एपीएफ टोलीले करीव एक लाख २० हजार रुपैयाँ बराबरको सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको ईलाममाई नगरपालिका ६ का १९ वर्षीय बिकास लिम्बु र झापा जिल्लाको दमक नगरपालिका ३ का १८ वर्षीय सुवास शेर्पा रहेका छन् ।

प्र १०१–००१ त ८३४५ नम्बरको ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दानावारीबाट खटिएको एपीएफ टोलीले उक्त काठसहित पक्राउ गरेको हो । एपीएफ टोलीले उक्त ट्याक्टर समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सुखानीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
सर्लाही जिल्लाको कविलासी नगरपालिका ७ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल सेट र लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले स्कुटरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फरदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त स्कुटर र सामान छाडी फरार भएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.