एपीएफ टोलीद्वारा लागूऔषधसहित चार जना पक्राउ

| 2021 May 14 | 06:49 pm 2513

सर्लाही, बैशाख ३१ः जिल्लाको विष्णु गाउँपालिका १ बेलकाबाट एपीएफ टोलीले ८४ ट्याब्लेट स्पार्क र ६ बोतल कोडील नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कौडेना गाउँपालिका ९ बस्ने २२ वर्षीय होसनारायण पासवान र २८ वर्षीय राजेश कुमार पटेल रहेका छन् ।

बीआर ०६ टि ६२२९ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गडौटामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले २६ बोतल कोरेक्ससहित महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ पचौडेवाडबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका ११ बस्ने २८ वर्षीय प्रेमबहादुर रानामगर र २० वर्षीय रकि चुरौटे रहेका छन् ।

प्रदेश नं. ०२–०२–००१ च ०१८५ नम्बरको बलेरो जीपमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा जीपसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
झापा जिल्लाको कमल गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको समान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मे १ च ५३२९ नम्बरको म्याजिन गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४६ बोरा चिनी तथा १५ बोरा सुर्ती सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद
गरको हो ।

त्यसवेला एपीएफ टोलीले उक्त गाडी समेत बरामद गरको छ । बरामद सामान तथा गाडी भन्सार कार्यालय भद्रपुरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.