एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

| 2021 May 11 | 06:06 pm 2901

मोरङ्ग, बैशाख २८ः जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित कटनमिल ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बिराटनगर महानरपालिका १३ अभिवादन टोल बस्ने २८ वर्षीय बिरनारायण यादव रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले खुट्टामा टेपले बाधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा स्पास्मो
प्रोक्सिभन प्लस ट्याब्लेट ४८ वटा, नाईट्राभेट ट्याब्लेट ६० वटा र डाईलेक्स डिसी १० बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।

लागूऔषध बरामद

पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ भुजहवास्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा वनरेक्स २८ बोतल, नाईट्राजेपाम ट्याब्लेट ३ सय वटा र स्पास्मो ट्याब्लेट ३ सय वटा फेला पारिएको हो ।

एपीएफ टोलीले बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.