सर्लाही, चैत १९ः जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ काली मन्दिर सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षीय सरोज महतो रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स १०० एमएलको २ वटा, पेन्टाजोप्सीन ईन्जेक्सन ३० एमएलको ६ वटा, सिटामिनोफिन क्याप्सुल ४ वटा र सिरिन्ज २ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको छ ।
सालको काठसहित चार जना पक्राउ
झापा जिल्लाको मेचीनगर नगरपालिका ९ मागुरमाडी ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बुधशान्ति गाउँपालिका ४ बस्ने ४० वर्षीय बलबहादुर राई, ४० वर्षीय सुमन राई, ३० वर्षीय सुरेन राई र २३ वर्षीय दिपक तामाङ्ग रहेका छन् ।
मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाईकलमा राखी ईलामबाट झापातर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ६० क्यूफिट सालको काठसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद काठ, उक्त ट्याक्टर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाईएको छ ।
पोखेरीमा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेला
काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ६ टौदह स्थित बागमती नदिको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।
उक्त पोखरीमा पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवार डुवेका थिए ।
उक्त घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव उक्त
पोखरीबाट बाहिर निकालेको हो ।
आगलागी नियन्त्रण
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित रतनपुरमा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
सोही ठाउँमा रहेको गोपी सार्किले संचालन गरेको खाद्यान्न पसल तथा स्टोर रहेको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।
उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५२ गुल्म डडेल्धुराबाट खटिएको एपीएफ टोली उक्त आगालगी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।
यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ स्थित राष्ट्रिय वनमा लागेको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, वन कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट करीव २/३ हेक्टर वन जलेर नष्ट भएको बताईएको छ ।