एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

| 2021 Mar 11 | 08:03 pm 2281

काठमाडौं, फागुृन २७ः पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका २ सातपत्तीबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने १८ बर्षीय अजय मुसहरलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रसौनीबाट खटिएको एपीएफ टोलीले निज मुसहरलाई पक्राउ गरेको हो । एपीएफ टोलीले निज मुसहरलाई शंका लागि जाँच गर्दा उनको साथमा ओनरेक्स ३१ बोतल, नाईट्रोभेट ट्याब्लेट १ सय २० वटा र वीनसिस्मोफोर्ट १ हजार ८ सय ७२ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका मुसहरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रहम्पुरी गाँउपालिका ४ काली मन्दिरस्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिवन नगरपालिका ६ बस्ने २५ बर्षीय सरोज भुर्तेल र सोही नगरपालिका ३ बस्ने २५ बर्षीय मोहमद अली रहेका छन् ।

बा ४२ प २२३७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा स्मास्मो प्रोक्सिभन २४ वटा र लुपिपोकोफ तीन बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.