एपीएफ टोलीद्वारा लागूऔषध तथा चोरीपैठारी सामानसहित दुई पक्राउ

| 2020 Mar 21 | 09:04 pm 2401

सुनसरी, चैत ८: जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित ईसराईन कामत ईलाकाबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ४ का ३४ वर्षीय सुरेश कोईराला र सोही उपमहानगरपालिका २ का २२ वर्षीय बिजय चौधरी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट दुई सय ५० वटा, स्पास्मो ७९ वटा र डाईलेक्स डिसी ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

धनुषा जिल्लाको बिदेह नगरपालिका ९ खदनाबाट शनिबार एपीएफ टोलीले करीब ३ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ ।

भारतबाट भन्सारछली पाँच वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको पाँच वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा मोटरसाइकल जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.