एपीएफ टोलीद्वारा लागूऔषध तथा गोलिया काठसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 05 | 09:07 pm 1842

धनुषा, असार २१ः जिल्लाको नगराईन नगरपालिका ७ खिरखिरीबाट एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ४ का २९ वर्षीय दिपककुमार पुर्वे रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

ज १२ प ९७४९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पुर्वेलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा
एक्सिस प्लान २४ बोतल र नाईट्रोभेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनको साथबाट ७ हजार ३५ रुपैयाँ समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेका पुर्वेलाई बरामद लागूऔषध र उक्त रकमसहित आवश्यक कारवाहीको लािग स्थानीय प्रहरीमा बुझाएको छ ।

सालको गोलिया काठसहित पक्राउ

रौतहट जिल्लाको गुजरा नगरपालिका ४ स्थित लालबकैया खोलाको किनाराबाट आइतबार एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले करीव १८ क्यूफिट
सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको फतुवा बिजयपुर नगरपालिका ८ का ३९ वर्षीय गफुर मोहमद रहेका छन् ।

तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उक्त सालको गोलिया काठसहित निज मोहमदलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलसैयाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले पक्राउ गरेको हो ।

पक्राउ परेका मोहमदलाई बरामाद काठ तथा उक्त साईकलसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय जंगलसैयामा बुझाएको छ ।

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

सर्लाही जिल्लाको गोडौटा नगरपालिका १ बहादुरपुर सीमा ईलाकाबाट एपीएफ टोलीले ५ सय ७० वटा वालरेक्स नामक लागूऔषध बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.