एपीएफ टोलीद्वारा लागूऔषधसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 19 | 08:54 pm 1459

पर्सा, असार ५ः जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित मितेरी पुलबाट एपीएफ टोलीले ९ बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका ३ बस्ने २८ वर्षीय अख्तर अली मनसुरी र २३ वर्षीय सोहेल मिया मनसुरी रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट चार वटा मोवाईल सेटसमेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

एपीएफ टोलीद्वारा लागूऔषध तथा गाँजा बरामद

धनुषा जिल्लाको नगराईन नगरपालिका १ स्थित हासपट्टीबाट एपीएफ टोलीले एक्जीप्लोन कफ सीरप ५० बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ५ वटा र ६४ वटा स्पास्मो प्रोक्सीभन प्लस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामा र राजश्व वेश जनकपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै लागूऔषध ल्याउने व्यक्तिहरु उक्त लागूऔषध सोही ठाँउमा छाडि फरार भएका थिए ।

बरामद लागूऔषध एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले करिब पाँच किलाे गाँजा बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाँउपालिका ५ ईनरुवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

त्यसबेला गाँजा लैजादै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाँउमा छाडि फरार भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.