एपीएफ टोलीद्वारा लागूऔषधसहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 10 | 08:53 pm 2133

धनुषा, जेठ २८ः जिल्लाको धनौजी गाँउपालिका ४ तरहीबाट एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षीय बिपिनकुमार मण्डल, १९ वर्षीय जितेन्द्र मण्डल र २० वर्षीय सबरेजकुमार सेन रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट एक्जिप्लोन १७ बोतल, स्पास्मो २ पत्ता र नाईट्रोजन ट्याब्लेट २ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट दुई वटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा उक्त मोवाईल सेट सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलिरामपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको कलैया उपमहानगरपालिका ५ बस्ने २१ वर्षीय जिवनकुमार सराफ रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट बलिरामपुर बाट खटिएको एपीएफ टोलीले निज सराफलाई शंका लागि जाँच गर्दा उनको साथबाट नाईट्रानेट ५६ वटा, नुभिन ४ वटा, डाईजाल्याब ४ वटा, फेनारगन ४ वटा, वानरेक्स ३ बोतल र ६ सय एमएलको बोतलमा रातो नाम नखुलेको तरल पदार्थ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज सराफलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद

बाँके जिल्लाको डुडुवा गाँउपालिका ५ स्थित खजुराबाट बुधबार एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ ।

सोही स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद भरुवा बन्दुक स्थानीय प्रहरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.