एपीएफ टोलीद्वारा लागूऔषध तथा चोरीपैठारीको सामान बरामद 

रिपोर्ट नेपाल | 2020 Jun 02 | 08:58 pm 5072

सर्लाही, जेठ २०ः जिल्लाको मलंगवा नगरपालिका ६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर चौधरीको कमाण्डमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै उक्त व्यक्तिले बोकेको पोका सोही ठाउँमा छाडी भागी फरार भएपछि सो पोकामा जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा एक सय एमएलको ५० बोतल वालरेक्स र एक सय एमएलको ५० बोतल डाईलेक्स फेला परेपछि बरामद गरिएको हो ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली स्थित सीमा ईलाकाबाट  एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको युरिया मल, चिनी, लत्ताकपडा, किराना सामान र हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.