एपीएफ टोलीद्वारा मोवाईल सेट बरामद

रिपोर्ट नेपाल | 2020 Dec 31 | 07:27 pm 4333

पूर्वी नवलपरासी, पुस १६ः जिल्लाको गैडाकोट नगरपालिका १० पितौजी चोक स्थित पूर्व पश्चिम लोकमार्गबाट बिहीबार एपीएफ टोलीले करीव तीन लाख ४६ हजार रुपैयाँ बराबरको मोवाईल सेट बरामद गरेको छ ।

भैरहवाबाट पोखरातर्फ जाँदै  गरेको ग १ ख ९७१७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसमा वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको २१ वटा मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोवाईल सेट महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.