एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित एक पक्राउ

| 2021 Mar 24 | 06:01 pm 2285

झापा, चैत ११ः जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट एपीएफ टोलीले करीव १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ बस्ने १९ वर्षीय बिवेक नेम्वाङ्ग रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीपुलबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो  ।

पक्राउ परेका निज नम्वाङ्गलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

लागूऔषधसहित एक पक्राउ
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट ईलाकाबाट एपीएफ टोलीले लागूऔषधसहित सोही जिल्लाको वीरगंज महानगरपालिका ८ मुर्ली बस्ने ४१ वर्षीय संजिव क्षेत्रीलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच उनको साथमा फेनरागन २ बोतल, डाईजोपाम २ बोतल र नोफिन २ बोतल फेला पारेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बझुाईएको छ ।

 चोरीपैठारीको सामान बरामद 
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ बाट चैत्र ११ गते एपीएफ टोलीले करीव १ करोड ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा धान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा धान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको ट्रक समेत बरामद गरेको छ ।  बरामद सामान तथा ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.