कैलाली, जेठ २४ः जिल्लाको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानबाट शनिबार एपीएफ टोलीले ११ ग्राम सात सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका २३ बर्षीय गौरब श्रेष्ठ, २३ बर्षीय राजेन्द्र भाट र १८ बर्षीय बलराम राना रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
सु.प.प्र.प. ०१–००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको २० वटा सानो प्याकेट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले मोटरसाइकल, मोबाईल तीन वटा र पाँच हजार रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर, मोटरसाइकल, मोबाईल र रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
एपीएफ टोलीद्वारा लागूऔषधसहित २ जना पक्राउ
रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ मोहिनीहवाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १७ का २८ बर्षीय संजय थापा र २९ बर्षीय राजन खनाल रहेका छन् ।
लु ५१ प ५१३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड बेस मोहिनीहवाबाट खटिएको एपएिफ टोलीले जाँच गर्दा उनीहरुको साथमा नोफिन २५ बोतल, फेनारगन २५ बोतल र डाईजेपाम २५ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।