झापा, असोज २६ः जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित ईटाभट्टा ईलाकाबाट एपीएफ टोलीले करीव १ सय ६० ग्राम ८३ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय सुभास दर्जी र सोही नगरपालिका ८ का ३५ वर्षीय सन्जिप राजवंशी रहेका छन् ।
मे १० प १६४२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको थियो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
लागूऔषधसहित पक्राउ
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगंज स्थित पूर्व–पश्चिम लोकमार्गबाट सोमबार एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ का ४२ वर्षीय बिनोदप्रसाद यादव र भारतमा घर बताउने २३ वर्षीय संजयकुमार यादव छन् ।
को १० प ५२०७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोज ट्याब्लेट ५ पत्ता र स्पास्मो हाईड्रो क्लोराईड ८ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।
काठ बरामद
बारा जिल्लाको निजगढ नगरपालिका ४ स्थित पुरानो निजगढबाट एपीएफ टोलीले करीव एक लाख ७५ हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ ।
सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको साल तथा सिसौको चिरान काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश निजगढबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद काठ सव डिभिजन वन कार्यालय तामागढीमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
रुपन्देहीको सिद्वार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।