एपीएफ टोलीद्वारा दुर्घटनाका घाइतेहरुको उद्धार

रिपोर्ट नेपाल | 2021 Jan 31 | 09:03 pm 3045

काभ्रे, माघ १८ः जिल्लाको नमोबुद्ध नगरपालिका २ स्थित बिपी लोकमार्गमा दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

उक्त दुर्घटनामा उल्लेखित टाटो सुमो सडकबाट करीब ८० मिटर तल खसेको थियो भने टाटा सुमोका चालक र सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना व्यक्तिहरु घाइते भएका थिए ।

उक्त सवारी दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेबाट तत्कालै एपीएफ टोली खटिगई दुर्घटनाका घाइतेहरुको उद्धार गरेको हो । घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।

नक्कली नोटसहित दुई जना पक्राउ
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ८ पचुईस्थित सीमा ईलाकाबाट एपीएफ टोलीली एक हजार दरको पाँचवटा नक्कली नोट र नोट बनाउन प्रयोग हुने दुई सयवटा कागजसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लालझाडी गाँउपालिका १ बस्ने २३ बर्षीय संजय राना र बेलौरी नगरपालिका ८ पचुई बस्ने २२ बर्षीय ईन्द्र राना रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पचुईबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उल्लेखित नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद नक्कली नोट र नोट बनाउने कागजसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.