एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी तथा चौपाया बरामद

रिपोर्ट नेपाल | 2020 Mar 17 | 09:16 am 5245

रौतहट, चैत ४: जिल्लाको गौर नगरपालिका ८ स्थित दालमिल ईलाकाबाट एपीएफ टोलीले सोमबार करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

डी एल ९ एस ए डी ३३७२ नम्वरको भारतिय मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त मूल्य बराबरको औषधी सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिनोदकुमार चौधरीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त औषधि ल्याउन प्रयोग भएको उक्त मोटरसाईकलसमेत बरामद गरेको छ ।

बरामद औषधी तथा मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा चौपाया बरामद

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १ स्थित शिवपुरबाट एपीएफ टोलीले सोमबार करीब १० लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ८९ वटा खसी सशस्त्र प्रहरी बल नेपाल नम्वर ३९ गुल्म कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक संगित भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद खसी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.