कैलाली, पुस २१ः जिल्लाको टिकापुर नगरपालिका ८ बनगाउँ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव ६ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको टिकापुर नगरपालिका २ विजयनगर बस्ने २३ वर्षीय रन्जु चौधरी र सोही नगरपालिका १ बस्ने २२ वर्षीय सागर चौधरी रहेका छन् ।
भारतबाट से १ च २१४८ नम्बरको बलेरो जीपमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
उक्त सामान ल्याउन प्रयोग भएको उक्त बलेरो जीप समेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।