एपीएफ टोलीद्वारा चोरीपैठारीको थ्रेसर मेसीन बरामद 

रिपोर्ट नेपाल | 2020 May 05 | 08:15 pm 3218

झापा, बैशाख २३ः जिल्लाको झापा गाउँपालिका ५ खयरबारीस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव १४ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको थ्रेसर मेसीनसहितको ट्याक्टर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त थ्रेसर मेसीन सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाँडाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त थ्रेसर मेसीन ल्याउँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथ ट्याक्टर तथा थ्रेसर मेसीन छाडी फरार भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.