एपीएफ टोलीद्वारा चोरीनिकासी पैठारीको सामान बरामद

| 2020 Oct 29 | 08:36 pm 6717

कञ्चनपुर, कात्तिक १३ः जिल्लाको भिमदत्त नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले करीब पाँच लाख ४० हजार रुपैयाँ बराबरको चोरीनिकासीको खुकुरी चुरोट बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खल्लामछेट्टीबाट खटिएको एपीएफ टोलीले उक्त चुरोट बरामद गरेको हो ।

बरामद चुरोट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट एपीएफ टोलीले करीब एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.