रुपन्देही, असार २ः जिल्लाको रोहिणी गाउँपालिका ७ मनहरा पुलबाट मंगलबार एपीएफ टोलीले करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरको उल्लेखित मुल्य बराबरको २७ बोरा छोकडा र १० वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेका हो ।
एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय सुनौलीमा बुझाएको छ ।
यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र तीनवटा साईकल सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश छतवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले करीव एक लाख नौ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोवाईलमा प्रयोग हुने सामान, लत्ताकपडा र आल्मोनियमको तार एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलकाबाट बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।