एपीएफ टोलीद्वारा चाँदीको गहनासहित पक्राउ

| 2021 Feb 04 | 07:17 pm 1653

पर्सा, माघ २२ः जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट एपीएफ टोलीले तीन सय ७८ ग्राम चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका २ छप्कैया बस्ने ३४ बर्षीय रोशन सराफ रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

ना २८ प ५७५२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित चाँदीको गहना फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका सराफलाई बरामद चाँदीको गहना र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको छ ।

चोरीपैठारीको सामान बरामद
रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले करीब एक लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सात थान मोवाईल सेट बरामद गरेको छ । यूपी ५५ एसी ६४३० नम्बरको भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद मोवाईल सेट तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मनहरा महोत्तरीबाट खटिएको एपीएफ टोलीले करीब एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा किराना सामान महोत्तरी जिल्लाको सिसवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.