पर्सा, माघ २८: जिल्लाको छिपहरमाई गाउँपालिका १ स्थित भलबईयाबाट मंगलबा एपीएफ टोलीले करीव तीन किलो दुई सय ग्राम चरेश बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त परिमाणको चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
टोलीले बरामद गरेको चरेश ईलाका कार्यालय पोखरीयामा बुझाएको बताइएको छ ।
त्यस्तै पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट पनि एपीएफ टोलीले करीव एक लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र औषधि सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।