इलाम,भदौ ८ः जिल्लाको चुलाचुली गाउँपालिका ५ चपेटीबाट सोमबार एपीएफ टोलीले करीव दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको माङ्सेबुङ गाउँपालिका ५ बस्ने १९ वर्षीय प्रेम राई र अमिर लिम्बु रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका १ गढीगोठ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले चोरीपैठारीको किराना तथा हार्डवयरका सामान बरामद गरेको छ ।
दुई वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बयलबन्दाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।
बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टि इलाकाबाट एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।