एपीएफ टोलीद्वारा खैरो हेरोईनसहित एक पक्राउ

| 2021 May 16 | 07:55 pm 3037

कञ्चनपुर, जेठ २ः जिल्लाको बेलडाडी गाउँपालिका ३ बैवाहस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव ७ ग्राम खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको शुक्लाफाँटा नगरपालिका ४ बस्ने २५ वर्षीय
नरेशप्रसाद जोशी रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज जोशीलाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाडीमा बुझाईएको छ ।

आगलागी नियन्त्रण

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ स्थित एक घरमा भएको आगलागी एपीएफ टोली, स्थानी प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

सोही ठाउँमा रहेको गगनदेव रामको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त घर नजिकै रहेका अन्य पाँच वटा घरहरु समेत जलेर नष्ट भएको बताईएको छ ।

सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भलोहियाबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । सो आगलागीबाट करीव १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.