एपीएफ टोलीद्वारा काठ बरामद

रिपोर्ट नेपाल | 2020 Dec 10 | 08:33 pm 1745

बर्दिया, मंसिर २५ः जिल्लाको गुलरिया नगरपालिका ९ टेपरी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव ११ क्यूफिट सगुन तथा ८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेव स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान तथा युरिया मल बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.