एपीएफ टोलीद्वारा कागजपत्र बिनाको कार तथा लत्ताकपडा बरामद

रिपोर्ट नेपाल | 2020 Feb 17 | 08:10 pm 1709

सिरहा, फागुन ५: जिल्लाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट आइतबार एपीएफ टोलीले कागजपत्र नभएको एउटा कार बरामद गरेको छ ।

बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिकाबाट एपीएफ टोलीले सोमबार करीव एक लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.