एपीएफ टोलीद्वारा करीब ४३ किलो बढी गाँजा बरामद

रिपोर्ट नेपाल | 2020 Aug 22 | 08:10 pm 2490

बारा, भदौ ६ः जिल्लाको पचरौता नगरपालिका ९ स्थित कालाबन्जरबाट एपीएफ टोलीले करीब ४३ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाबाट खटिएको एपीएफ टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

गाँजा लिएर जाँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि बरामद गरिएको हो ।

बरामद गाँज जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.