सिरहा, जेठ २५ः जिल्लाको लाहान नगरपालिका ६ बाट एपीएफ टोलीले एउटा कटुवा पेस्ताल तथा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका दिपेन्द्रकुमार यादव रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा वेश लाहानबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा खटिएको एपीएफ टोलीले निज यादवको घरमा जाँच गर्दा उनको ओछ्यानमा ब्ल्याङ्केटले छोपि राखेको अवस्थामा उक्त कटुवा पेस्तोल तथा २८ वटा निट्राजेपाम ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई एपीएफ टोलीले बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
सालको गोलिया काठ बरामद
पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ झाब्राबाट एपीएफ टोली र सव डिभिजन वन कार्यालय सवैयाका कर्मचारीले सालको गोलिया काठ बरामद गरेको छ ।
सोही ठाउँ नजिकै रहेको जंगलको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा करीव ९ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सवैयाका कर्मचारीले बरामद गरेको हो ।
बरामद काठ सव डिभिजन वन कार्यालय सवैयामा बुझाईएको बताइएकाे छ ।