रुपन्देही, माघ २१:अवैध लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लेखनाथका १९ वर्षीय रक्की गरबुजा पुन र अरुण सुनार रहेका छन् ।
उनीहरुलाई रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित बेलहियाबाट मंगलबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित पक्राउ गरेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्राजेपाम ट्याब्लेट ३ सय ४३ वटा, डाईजापाम ५८ वटा र प्रोमेथाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ५८ वटा फेला परेपछि पक्राउ गरिएको बताइएको छ ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।