एपीएफ टोलीद्वारा अवैध लागूऔषध तथा भन्सार छलिका सामान बरामद

रिपोर्ट नेपाल | 2020 Aug 18 | 08:33 pm 2302

पर्सा, भदौ २ः जिल्लाको जगरनाथपुर गाउँपालिका २ दसौता स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव २० किलो चरेश बरामद गरेको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त चरेश लौजाने व्यक्ति गस्तीमा खटिएको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै सो चरेश छाडी भागी फरार भएका थिए ।

बरामद चरेश स्थानीय प्रहरीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद

झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित नक्कलबन्द सीमा ईलाकाबाट एपीएफ टोलीले करीव छ लाख ९० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

उक्त ठाउँमा लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको किराना सामान, युरिया मल र विभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश नक्कलबन्दबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

यसैगरी धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ तरही स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

ज १० प २७०३ नम्बरको मोटरसाईलकमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसवेला सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा उक्त मोटरसाईकल जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ७६ हजार रुपैयाँ बराबरको मोवाईलको पार्ट्स बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त मोवाईलको पार्ट्स एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ६ बनगाउँ ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

सालको गोलिया काठ बरामद

झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ सुखानी खोलाको बगरबाट एपीएफ टोलीले करीव ४१ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।

सोही ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय माईमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.