कञ्चनपुर, असार १३ः गएराति अवैध तरिकाले भारतबाट राजस्व छलेर ल्याउँदै गरेको एक लाख रुपैयाँभन्दा बढीको किराना पसलको सामान र कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
भीमदत्त नगरपालिका–१० जिमुवाबाट सशस्त्र प्रहरीको टोलीले एक लाख आठ हजार रुपैयाँ बरारवरको किरानाको सामान र कपडा बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्म हेडक्वाटर कञ्चनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक केशवराज प्याकुरेलको टोलीले उक्त सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाउन थालेपछि तस्करी, चोरी निकासी र राजस्व छलेर सामान ल्याउने क्रममा कमी आएको छ।