एपीएफ टोलीद्वारा अवैध काठ तथा गाँजा बरामद

रिपोर्ट नेपाल | 2020 May 10 | 04:50 pm 2317

सर्लाही, बैशाख २८ः जिल्लाको ईश्वरपुर नगरपालिका ९ बाट एपीएफ टोलीले करीब एक लाख ४० हजार रुपैयाँ बराबरको एक सय ४० क्यूफिट मसलाको काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सागरनाथबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो ।

ना १ त ५१२० नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ तथा काठ ल्याउन प्रयोग भएको सो ट्रयाक्टरसमेत बरामद गरिएको हो । बरामद काठ तथा ट्रयाक्टर स्थानीय वन कार्यालयमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा गाँजा बरामद

धनुषा जिल्लाको विदेह नगरपालिका ५ एकराहीबाट एपीएफ टोलीले करीब २० केजी ७ सय ग्राम गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो ।

एकराही सरापे भित्री सडकखण्डमा पैदल हिडिरहेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडेर भागेपछि सो गाँजा बरामद गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.