एपीएफ टोलीद्वारा अवैध औषधी बरामद

| 2021 Mar 28 | 05:41 pm 1605

झापा, चैत १५ः जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब ४ लाख १२ हजार रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले उक्त औषधी बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीका औषधीहरु बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी सिरहाकाे भगवानपुर गाँउपालिका ४ स्थित बलानखोला ईलाकाबाट एपीएफ टोलीले लागूऔषध नाईट्राजिपाम ट्याब्लेट ६ सय वटा र डाइलेक्स डिसी १७ बोतल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ झोला बोकेर आउँदै गरेका व्यक्तिहरुले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ सोही ठाउँमा झोला फालेर भागेपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो । बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.